चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा वाणिज्य बैंकहरूको कुल सम्पत्ति बढेको छ । बैकहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूको कुल सम्पत्ति गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढेको हो ।
वाणिज्य बैंकहरुको कुल सम्पत्ति २ खर्ब ९९ अर्ब ८४ करोडले वृद्धि भई ७१ खर्ब ९६ अर्ब ८१ करोड पुगेको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९६ अर्ब ९६ करोड रहेको थियो ।
यो अवधिमा १९ वटा वाणिज्य बैंकको कुल सम्पत्ति बढेको छ भने १ वटा बैंकको कुल सम्पत्ति घटेको छ ।
सबैभन्दा धनी कुन बैंक ?
- यो अवधिमा ग्लोबल आईएमई बैंक सबैभन्दा धनी देखिएको छ । बैंकको कुल सम्पत्ति ५.९१ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
- धनी बैंकको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकको कुल सम्पत्ति ५.११ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
अन्य कुन बैंकको सम्पत्ति कति ?
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २६ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सम्पत्ति ५ खर्ब ३३ अर्ब, कुमारी बैंकको ४ खर्ब ३६ अर्ब,प्रुभ बैंकको ३ खर्ब ६७ अर्ब, लक्ष्मी सनराइज बैंकको ४ खर्ब ९ अर्ब, हिमालयन बैंकको ३ खर्ब ६६ अर्ब, नेपाल बैंकको ३ खर्ब ६४ अर्ब, एनएमबि बैंकको ३ खर्ब २२ अर्ब, कृषि विकास बैंकको ३ खर्ब २० अर्ब, एभरेष्ट बैंकको ३ खर्ब १४ अर्ब र सिद्धार्थ बैंकको ३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी,प्राइम बैंकको २ खर्ब ९० अर्ब, सानिमा बैंकको २ खर्ब ४६ अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ९९ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ खर्ब ५१ अर्ब,सिटिजन बैंकको २ खर्ब २७ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब २२ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ ।
घट्यो एनआईसी एशिया बैंकको सम्पत्ति
- चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा आइपुग्दा बैंकको सम्पत्ति ११.२८ प्रतिशतले घटेर ३ खर्ब ६४ अर्ब १५ करोड पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस