Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरको मनोमानी बढेको भन्दै लगानीकर्ता आक्रोशित

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १६ : १४ मा प्रकाशित

ब्रोकरको मनोमानी बढेको भन्दै लगानीकर्ता आक्रोशित

नेपालमा सेयरको कारोबार शुरु हुँदा बैंकमा गएर सेयर खरिदका लागि आवेदन दिनुपर्ने अवस्था थियो । त्यसपछि ब्रोकर कार्यालयमा गएर चिच्चाएर अर्डर दिनुपर्ने अवस्था थियो । समय क्रमसँगै सेयर कारोबार अनलाइनबाट पनि सम्भव भएपछि पछिल्लो समय सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या हरेक दिन बढिरहेको छ ।

सेयर ब्रोकरको क्षमताभन्दा बढी लगानीकर्ता बजारमा प्रवेश गरेपछि उनीहरुले प्रदान गर्ने सेवाको स्तर भने दिनप्रतिदिन खस्किँदै गएको छ । सिडिएस एण्ड क्लियरिङले सेयर कारोबारको राफसाफमा टी प्लस थ्रीलाई घटाएर टु लागू भएको घोषणा गरेको भएपनि व्यवहारमा भने लगानीकर्ताले यसको प्रभावकारिता महसुस गर्न पाएका छैनन् । ब्रोकर कम्पनीहरुबाटै हुने ढिलाईका कारण टी प्लस टू व्यवहारिक रुपमा लागू हुन नसकेको हो। 

अहिले ब्रोकरहरुले लगानीकर्ताहरुलाई दुख दिने गरेको खबर कुनै नौलो होइन । विभिन्न बहाना गरेर, समयमा पैसा नदिने, प्रविधिलाई दोष देखाएर पैसा होल्ड गर्ने लगायतका बदमासी ब्रोकरहरुबाट भएको तथ्य पनि नौलो होइन । हुन पनि, ब्रोकरहरुको यस्तो रबैया यसकारण पनि जारी छ कि, नेपालका ब्रोकरहरुलाई कारवाही गर्ने आँट धितोपत्र बोर्डले हत्तपत्त गर्न सक्दैन ।

अहिले त झन ब्रोकरहरुको बदमासी दिनमा दुईगुणा, रातमा चौगुणा गरेर बढेको छ ।  तर अत्याचारले सिमा नाघेपछी ब्रोकरहरुको दादागिरी बढेपछी लगानीकर्ताहरु बोल्न थालेका छन् । यसैक्रममा एक  लगानीकर्ता अभिषेक भन्छन् ुब्रोकर नं (५८) ले फोन उठाए भाग्यमानी ठान्नुपर्ला । समस्या को समाधान न त भाइबर बाट हुन्छ न त मेल। सबै ब्रोकरको एउटै समस्या भनेकै समयमै पैसा नदिनु । टी प्लस टू मा हामिले खरिद गरेर पैसा तिरे झै बेच्दा खरिदकर्ताले पैसा दिसक्दा बेच्नेले किन हप्ता कुर्नुपर्ने ? टि एम एसमा समस्या १ु 

यस्तै आक्रोशपूर्ण गुनासो पोख्दै अर्का लगानीकर्ता भन्छन् "ब्रोकरलाई होईन टि एम एस को लागी आवाज उठाऔँ । सि जि टि अर्बौ उठाएर पनी झत्ते ट्रेडिङ सिस्टम राख्या छ । पहिला ६-७ अर्बको कारोबार हुने बजारमा अहिले दैनिक १४-१५ अर्ब कारोबार हुँदापनी त्यही थोत्रो सिस्टम को भरमा कहिले सम्म तनाब सहनु पर्ने हो ? १ माना जाने भाँडोमा ५ माना अटाउन खोज्ने ?"

१३ गते बेचेको शेयरको रकम अझैसम्म नपाएको बताउंदै लगानीकर्ता कुशल रोकाय मगर भन्छन् "यो दिब्या सेक्युरिटी ५९ खत्तम रहेछ। १३ गते बेचेको अझैसम्म पैसा हाल्दिएको छैन। फोन गर्दा उठ्दैन ,अनि लाग्दैन पनि ।"

त्यस्तै लगानिकर्ता दुर्गा रमन पराजुलि आफ्नो अनुभव सुनाउछन् "म ब्रोकर नम्बर ३५  बाट कारोबार गर्छु । ३५ को राम्रो बानि के छ भने किनेको शेयर पैसा तिरेको अर्थात तेस्रो दिन मा नै डिम्याट मा आउछ यदि मैले शेयर बिक्रि गरेको छु भने मेरो बैंक खाता मा रकम १२ १५ दिन पछि आउछ। पैसा भुक्तानी गर्ने मामिला मा यो ३५ कसाही नै छ। हामिले उसलाई रकम दिदा टि थ्री हामी ले रकम पाउँदा टि फिफ्टिन ।"

अन्य लगानिकर्ताहरुको समस्या पनि प्रायः उस्तै नै रहेको छ । किनेको सेयर समयमा हितग्राही खातामा नआउने, बेचेको सेयरको पैसा समयमा बैंक खातामा नआउने सम्पर्क गर्न फोन गर्यो ब्रोकर हाउसको फोन नउठ्ने जस्ता समस्याले अहिले लगानिकर्ताहरु आजित भएका छन् ।

आखिर किन यस्तो भयो ? यस विषयमा बुझ्न हामीले दिब्या सेक्युरिटिजमा फोन गरेका थियौं । तर ब्रोकर हाउसको फोन नै उठिरहेको छैन । यता पटक पटक ब्रोकरहरुबाट यस्तो बदमासी हुँदा पनि धितोपत्र बोर्ड नबोल्दा र कारवाहीको आँट नगर्दा ब्रोकरहरु नमज्जासँग मात्तिएका छन् ।

त्यस्तै सिडिएस एण्ड क्लियरिङका तर्फबाट भने टी प्लस टु लागू भइरहेको सिइओ पूर्णप्रसाद आचार्य बताउँछन् । हाम्रो तर्फबाट कारोबार भएको दुई दिनमै राफसाफ भइरहेको छ’ आचार्यले  भने ‘हामीकहाँ पनि गुनासा आएका छन्।' 

उनि भन्छन् "ब्रोकर कम्पनीहरुले समयमै यसलाई लागू गरेको खण्डमा उनीहरुलाई नै फाइदा पुग्छ। सेयर बेचेको पैसा जति चाँडो खातामा आउँछ, उति चाँडो त्यही पैसा कारोबारमा फर्किन्छ ।"

पछिल्ला दिनमा बजारमा दैनिक १४र१५ अर्ब बढीको सेयर कारोबार हुने गरेको छ।  यसले गर्दा कारोबार रकमसँगै समग्रमा ब्रोकरको कमिसन बढ्न जान्छ। यद्यपि बेच्नेले ब्रोकरसँग पैसा लिनुको साटो भोलिपल्टै त्यही पैसाले अर्को कम्पनीको सेयर खरिद गरेर चुक्ता गर्न सक्छन् ।  

सेयर किनेका लगानीकर्ताले नै पैसा भुक्तानीमा ढिलाई गर्ने गरेको ब्रोकर कम्पनीहरुको गुनासो रहेको आचार्यले बताए। ‘त्यसो हुँदा ब्रोकर कम्पनीहरुले फण्ड म्यानेजमेन्ट गर्न गाह्रो भएको गुनासो गरेका छन्’ उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको