Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा देखियो एक्स्ट्रिम बुलिशनेस, यो किन्ने बेला कि बेच्ने बेला ?

बसन्त पाण्डे

आइतबार, २९ फागुन २०७८, १७ : २२ मा प्रकाशित

नेप्सेमा देखियो एक्स्ट्रिम बुलिशनेस, यो किन्ने बेला कि बेच्ने बेला ?

आज आईतबार साताको पहिलो दिनको कारोबार उत्साहप्रद रह्यो। नेप्से १०१ अंकले बढ्दै गर्दा कारोबार रकम पनि उत्साहजनक देखिएको छ। अन्तिम समय दैनिक ३ अर्बको हाराहारीको कारोबार हुने नेप्सेमा आज ४ अर्ब ८७ करोड भन्दा बढी रकमको कारोबार भएको छ।  उच्च अंकले बजार बढ्दा उच्च कारोबार हुनुले खरिदकर्ताहरु आक्रामक रहेको संकेत गर्दछ।  यसले बजारमा माग पक्ष निकै सबल रहेको र बजार अझै माथि जान सक्ने संकेत पनि गरेको छ। 

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

प्राविधिक विश्लेषणमा विशेषगरि बजार मूल्य र कारोबार भएको कित्तालाइ विश्लेषण गरेर बजारको यात्रा कतातर्फको हुन सक्छ भनेर अनुमान गर्ने गरिन्छ। बजार बढ्दै गर्दा कारोबार रकम बढ्नु भनेको किन्नेहरु महंगोमा पनि किन्न तयार हुनु हो। आज नेप्से बढ्दै गर्दा कारोबार रकम बढ्नुले खरिदकर्ताहरु बजार अझै माथि जान्छ त्यसैले अहिले किनिहाल्नुपर्छ भन्ने मानसिकतामा रहेको देखिएको छ। 

ब्याजदर नबढाउने बैंकर्स संघको निष्कर्ष

कोरियन प्रविधिमा बाताबरण मैत्री इट्टा बनाउने 'गुड ब्रिक्स सिस्टम'

 सिक्नुहोस Bollinger Band कमाउनुहोस् पैसा | प्रयोग कसरी गर्ने ? 

अघिल्लो हप्ता बिहिबार २५६६ को बिन्दुमा क्लोज भएको नेप्से आज प्रि-ओपन सेसनमा १० अङ्कले बढ्दै २५७६ को बिन्दुमा खुल्यो। पहिलो घन्टामै ५० अङ्क भन्दा धेरैले नेप्से बढेको थियो।  १ घन्टे क्यान्डल हेर्दा कुनै पनि क्यान्डल रातो देखिएको छैन।  जत्ति पनि सप्लाई आयो त्यो सप्लाईलाइ बजारले मजाले पचाएको देखियो। पहिलो घन्टामै बजारमा १ अर्ब ५० करोड भन्दा धेरै कारोबार भयो।  त्यसपछि हरेक घण्टा १ अर्ब भन्दा बढिकै कारोबार भएको देखियो। 

यसअघि नेप्से २५३५ देखि २५०० को आसपासमा हुँदा हामीले अब  बजारमा बटम लाग्दैछ अब किन्ने अवसरहरु हेर्नुपर्छ भन्ने विश्लेषण गरेका थियौं। जहिले पनि बजारमा प्यानिक सेलर आएर बजार एकदम धेरै घट्दा किन्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्छ भने बजार उत्तेजित भएर बढ्दै गर्दा बेच्ने अवसरहरु खोज्नुपर्छ। 

अब के होला बजार?

आज बजारमा जुन किसिमको कारोबार भएको छ, त्यसले खरिदकर्ताहरु बलियो रहेको देखाएको छ। यसले बजार बढेर नै जाने देखिन्छ।  तर लगानीकर्ताहरुले बजार उत्तेजित भएर बढ्दै गर्दा बजारमा रहेको जोखिमलाई भने बिर्सिनु हुँदैन। बजार केहि दिनको अवधिमै २०० अंकको हाराहारीमा बढ्दै गर्दा केहि करेक्सन आउन सक्नेतर्फ पनि सचेत रहनुपर्छ। बुलिंगर ब्याण्डको मिडल ब्याण्ड २६७० को लेभलमा छ।  यदि भोलि नेप्से २६७० को बिन्दुभन्दा माथि क्लोज हुन सफल भएको खण्डमा बजारले २८०० को बिन्दुलाई टेस्ट गर्न जाने सम्भावना रहन्छ। तर यदि भोलि बजार २६७० भन्दा तल क्लोज भयो भने बजारमा केहि करेक्सन आउन सक्ने सम्भावना रहन्छ। 

622dda9a9cacd.png 622ddaa425f20.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको