Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्समा सबै भन्दा सस्तो समृद्धि फाइनान्स, इपिएस र पिई रेसियोको आधारमा कुन अब्बल ?

अर्थ संसार

विहीबार, २० असोज २०७९, ०८ : ०० मा प्रकाशित

फाइनान्समा सबै भन्दा सस्तो समृद्धि फाइनान्स, इपिएस र पिई रेसियोको आधारमा कुन अब्बल ?

दोस्रो बजारमा धेरै लगानीकर्ताको रोजाईमा फाइनान्स कम्पनीहरु पर्ने गर्दछ। धेरै लगानीकर्ताको लगानी गर्ने गरेको  फाइनान्स सेक्टर अरु सेक्टर भन्दा अस्थिर प्रकृति अर्थात हाइली भोलाटाइल मानिन्छ।  ​धेरैले यस सेक्टरबाट राम्रो क्यापिटल गेन गरेको सुनिन्छ भने कतिले यस सेक्टरमा लगानी गर्दा धेरै पटक घाटा खाएको अनुभव साट्ने गरेका छन्। हामीले हाल दोस्रो बजारमा कारोबार भइरहेका फाइनान्स कम्पनीहरुको असोज १३ को कारोबार मूल्य, गत त्रैमासमा प्रस्तुत गरेका विवरणका आधारमा केहि विवरण प्रस्तुत गरेका छौ। 

नोटः हामीले कम्पनीको केहि विवरणलाई मात्र प्रस्तुत गरेका छौ ,यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

मुल्यको आधारमा 

सेयरबजारमा कारोबार भइरहेका फाइनान्स कम्पनीहरु मध्य सबैभन्दा सस्तो समृद्धि फाइनान्स देखिएको छ। नेप्सेमा कारोबार भइरहेका १५ फाइनान्स मध्य समृद्धि फाइनान्स सस्तो देखिएको हो। यसको कारोबार मूल्य प्रति कित्ता २४२ रुपैयाँ रहेको छ।समृद्धि फाइनान्स पछि सस्तो नेपाल फाइनान्स सस्तो देखिन्छ, यसको अन्तिम कारोबार मूल्य २४७ रुपैयाँ प्रति कित्ता रहेको छ। क्रमस प्राेग्रेशिभ फाइनान्सको २५८रुपैयाँ प्रति कित्ता , सेन्ट्रल फाइनान्सको २९६ रुपैयाँ प्रति कित्ता , श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २९७रुपैयाँ र  रिलायन्स फाइनान्सको २९८ रुपैयाँ प्रति कित्ता रहेको छ। तीन सय माथि भने मल्टीपर्पस फाइनान्स ३१६ रुपैयाँ प्रति , गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड ३२१.९ रुपैया प्रति कित्ता , बेष्ट फाइनान्स ३२७ रुपैयाँ प्रति कित्ता, पोखरा  फाइनान्स ३३४ रुपैयाँ प्रति कित्ता , जानकी  फाइनान्स ३५५ रुपैयाँ प्रति कित्ता र  मञ्जुश्री फाईनान्स ३८२ रुपैयाँ प्रति कित्ता रहेको छ।  आइसिएफसि फाइनान्स ,गुडविल फाइनान्स र गोर्खाज फाइनान्स भने ४०० भन्दा माथिको रेजमा किनबेच भैरहेको छ भने यिनको मूल्य प्रति कित्ता क्रमस रु ४२० , रु ४३३ र रु ४७३ रहेको छ। 

कारोबार भइरहेका फाइनान्स कम्पनीहरु मध्य सबैभन्दा महँगो भने गोर्खाज फाइनान्स देखिएको छ। 


 

प्रतिसेयर आम्दानीको आधारमा 

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ । यो सेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल ।

कम्पनीहरुले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८ /७९ को चौथौ त्रैमासिक रिपोर्टको आधारमा दोस्रो बजारमा कारोबार भइरहेका फाइनान्स कम्पनीहरु मध्य सबैभन्दा राम्रो इपिएस बेष्ट फाइनान्सको देखिन्छ।  बेष्ट फाइनान्सको प्रति कित्ता आम्दानी २०.१७ देखिन्छ। क्रमस गुडविल फाइनान्सको १९.९३, आइसिएफसि फाइनान्सको १७.८०, गोर्खाज फाइनान्सको १०.६१ , गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १०.३१,  पोखरा  फाइनान्सको ९.७३, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ९.५९, मञ्जुश्री फाईनान्सको ८.०२ , रिलायन्स फाइनान्सको ६.९०,सेन्ट्रल फाइनान्सको ६.७९, जानकी  फाइनान्सको ६.२४,  प्राेग्रेशिभ फाइनान्सको ५.८६,नेपाल फाइनान्सको ५.७०,मल्टीपर्पस फाइनान्सको ०.९० र समृद्धि फाइनान्सको ०.७९ प्रतिसेयर आम्दानी रहेको छ। 



 प्राइस टु अर्निङ (पिई) रेसियोको आधारमा 
कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । यो अनुपात कम (१० भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ ।

कम्पनीहरुले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८ /७९ को चौथौ त्रैमासिक रिपोर्ट र असोज १३ को कारोबारको अन्तिम मूल्यलाई आधारले दोस्रो बजारमा कारोबार भइरहेका फाइनान्स कम्पनीहरु मध्य कम पिई रेसियो  बेष्ट फाइनान्सको देखिन्छ।  बेष्ट फाइनान्सको पिई रेसियो १६.२१ गुणा रहेको छ।  तेस्तै  क्रमस गुडविल फाइनान्सको पिई रेसियो २१.७३ गुणा , आइसिएफसि फाइनान्सको पिई रेसियो २३.६०  गुणा ,  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको  पिई रेसियो ३०.९७  गुणा ,गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको  पिई रेसियो ३१.२२  गुणा, पोखरा  फाइनान्सको  पिई रेसियो ३४.३३  गुणा, नेपाल फाइनान्सको  पिई रेसियो ४२.६६ गुणा, रिलायन्स फाइनान्सको  पिई रेसियो ४३.१८ गुणा, सेन्ट्रल फाइनान्सको  पिई रेसियो ४३.५९ गुणा , प्राेग्रेशिभ फाइनान्सको  पिई रेसियो ४४.०३ गुणा ,गोर्खाज फाइनान्सको  पिई रेसियो ४४.५८ गुणा ,मञ्जुश्री फाईनान्सको पिई रेसियो ४७.६३  गुणा ,  जानकी फाइनान्सको  पिई रेसियो ५६.८९  गुणा ,समृद्धि फाइनान्सको  पिई रेसियो ३०६.३३ गुणा र सबै भन्दा धेरै मल्टीपर्पस फाइनान्सको पिई रेसियो ३५१.११  गुणा रहेको छ। 


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको