Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार गर्न नपाएपछि सेयर कारोबारी रुष्ट, ब्रोकर स्पष्टीकरण दिँदै हैरान

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ०८ : २२ मा प्रकाशित

कारोबार गर्न नपाएपछि सेयर कारोबारी रुष्ट, ब्रोकर स्पष्टीकरण दिँदै हैरान

बिहीबारको अन्तिम सेयर कारोबार घण्टा धेरै ब्रोकरहरूलाई असहज बन्न पुग्यो। कारोबार गरिरहेका १४ वटा ब्रोकर कम्पनीका लगानीकर्ताहरूले बिहिबारका केहि समय सेयर न किन्न सके न सेयर बेच्न सके। 

कारोबार समयमै हिजो ब्रोकर नम्बर ३ ५,८,२९,३२,३४,३५ ,४१,४४,५१,६५,६८ र ६९  निलम्बित हुन पुगे। यी १४ कम्पनी मार्फत सेयर कारोबार गर्ने लगानीकर्ताले आफ्नो सेयर नकिन्न सके न बेच्न। कसैको अन्तिम १५ मिनेट त कसैको अन्तिम पुरै घण्टा सेयर कारोबार ३ बज्नु अगाडी नै बन्द नै भयो। 

आफ्नो सेयर किन्न र बेच्न नसकेपछि लगानी यी ब्रोकर कम्पनी मार्फत कारोबार गर्ने लगानीकर्ताहरू भने ब्रोकरसँगै निकै नै आक्रोशित रहेका छन्।

आइतबार बजार घट्ने विश्लेषण गरेर बिहीबार नै अन्तिम घण्टामा सेयर बेच्ने रणनीति बनाएका सेयर लगानीकर्ताले जब आफ्नो सेयर बेच्न सकेनन, ती लगानीकर्ता ले भने अब आइतबार हुने घाटाको जिम्मा कसले लिने भनेर प्रश्न गरेका छन्।

अर्को तर्फ, जो लगानीकर्ताले आइतबार बजार अझै बढ्ने भनेर बिहिबार अन्तिम घण्टामा सेयर किन्न खोजे र असफल भए र अडर क्यान्सिल हुन थाल्यो अब आइतबार सेयर बढेमा यसको जिम्मा ब्रोकरले लिने हो भनेर ब्रोकरलाई प्रश्न गर्न थालेका छन्।

यी १४ कम्पनीका ब्रोकर तथा यिनका कर्मचारीहरू भने बिहीबार अन्तिम घण्टादेखि नै निरन्तर लगानीकर्तालाई स्पष्टीकरण दिँदा हैरान भएका छन्।' हिजो ३ बजेदेखि निरन्तर फोनमै छु स्पष्टीकरण दिँदा दिँदा थाकिसके हैरान भइयो।' एक ब्रोकर कम्पनीका सञ्चालकले अर्थसंसारलाई भने। 

नेप्सेले आफ्नो आधिकारिक वेबसाइटबाट  १४ कम्पनीलाई बिहिबारको कारोबार गर्नबाट सस्पेन्ड गरेको जानकारी दिएको थियो।

हरेक ब्रोकर कम्पनीले आफ्नो कारोबार लिमिट नेप्सेसँग अनुमति मागेको हुन्छ जसको लागि ब्रोकर कम्पनीले केही रकम पनि नेप्सेमा जम्मा गरेको हुन्छ।  माग अनुसारको लिमिट भन्दा धेरै ब्रोकर कम्पनीले कारोबार गराउन सक्दैनन्। कारोबार बढाउनको लागि नेप्सेमा ब्रोकर कम्पनीले बैंक ग्यारेन्टी अथवा नेप्सेले तोकेको पैसा जम्मा गरेर आफ्नो लिमिट बढाउन सक्छन्। 

केही दिनदेखि निरन्तर बढेको  बजारमा ब्रोकर कम्पनीहरूले नेप्सेबाट लिएको स्वीकृति अनुसारको लिमिट भन्दा पनि बजारमा सेयर लगानीकर्ताहरूको डिमान्ड बढेको हुँदा ब्रोकर कम्पनीहरुलाई आफ्नो लिमिट व्यवस्थापन गर्न हम्मेहम्मे परेको बिहिबार देखियो। 

शुक्रबार कारोबार नहुने हुँदा यी निलम्बित  ब्रोकरहरूले पनि आफ्नो लिमिट व्यवस्थापन गर्नलाई समय मिलेको छ भने अरु ब्रोकर कम्पनीहरूलाई पनि अबका दिनमा कसरी लिमिट व्यवस्थापन गर्ने भन्ने रणनीति बनाउनलाई अवसर जुटेको छ। 

अर्को तफ लगानीकर्ताहरुले आफ्नो सम्पत्ति आफुले चाहेको बेला किन्न र बेच्न सक्ने वातारण मिलाउन नियमाक देखि सबै सरोकार पक्ष लाग्नु पर्नेमा जोड दिएका छन्।  

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको