Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

अर्थ संसार

विहीबार, १८ कार्तिक २०७८, ०७ : ४१ मा प्रकाशित

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

 आकर्षक लाभांश वितरण गरेर आफ्ना सेयरधनीहरूलाई मख्ख पार्ने कम्पनीहरूकाे सूचीमा पर्नेमध्येकाे एक हाे, नबिल बैंक लिमिटेड । सुरूवातदेखि नै बैंकले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ । साेही कारण याे बैंक लगानीकर्ताहरूकाे राेजाइमा पर्ने बैंक हाे ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा सामान्य बृद्धि आएको देखिन्छ । याे अवधिमा बैंकले  १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले  १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा बैंकको खुद मुनाफा बढेपनि बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर ३२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियों) ४६.५१ गुणा रहेको छ ।

नबिल बैंक सधै अब्बल ! ९ महिनाको नाफा ४ अर्ब नजिक 

बैंककाे सेयरमा दश वर्ष अगाडि १०० कित्तामा लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ६ सय ६२ कित्ता पुगेको छ । नगद लाभांशबाट पनि बैंकका लगानीकर्ताहरूले राम्रै आम्दानी गरिसकेका छन् । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । याे लाभांश बैंकहरूमध्येकाे हालसम्मकै उच्च लाभांश हाे ।

बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१  मा बराबरी ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

दिर्घकालिन लगानीले बनायो मालामाल : ९ वर्षमा १० हजारको लगानीले १७ लाख मुनाफा

नबिल बैंक लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेकाे थियाे । यस वर्ष बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.८४२ प्रतिशत नगद गरि कूल ३६.८४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.५ प्रतिशत बाेनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.६ प्रतिशत बाेनस र ४.४ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

हेर्नुस् तालिका :

 

यो पनि पढ्नुहोस्

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

मुक्तिनाथ विकास बैंकः मोफसलमा जन्मेर केन्द्रीय तहमा अग्रणी, लाभांशमा समेत सबैलाई उछिन्दै

सांग्रिला विकास बैंकः आम्दानीमा प्रगति ,के फर्काउन सक्ला लगानीकर्ताको गुमेको उत्साह ?

एशियन लाइफ इन्स्याेरेन्स :लाभांश क्षमता बलियाे, सेयरधनी रिझाउन कमजोर (कम्पनी विश्लेषण)

चन्द्र ढकालको नेतृत्वमा ग्लोबलको लोभलाग्दो प्रगति,नबिलसँग टक्कर | Fundamental Analysis | GBIME

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको