Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको खराब कर्जामा देखिएन सुधार, तीन बैंकको ५ प्रतिशतभन्दा माथि

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ११ : १९ मा प्रकाशित

बैंकहरुको खराब कर्जामा देखिएन सुधार, तीन बैंकको ५ प्रतिशतभन्दा माथि

बैंकहरुको खराब कर्जा बढ्दो अवस्थामा  छ ।  बाह्य क्षेत्रमा आएको सुधारलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधारोन्मुख देखिएको दाबी गरिरहँदा आन्तरिक अर्थतन्त्र भने अझै पनि चलायमान हुन नसकेको देखिएको छ ।

आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा उद्योगधन्धा र व्यापार व्यवसायले गति लिन सकेको छैन । बैंकहरुले प्रकाशित गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा अझै बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा औसतमा ३.३९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्षकै चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकहरुको खराब कर्जा बढेर ३.५३ प्रतिशत पुगेको थियो । अहिले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा ३.७१ प्रतिशत पुगेको छ । 

३ बैंकको खराब कर्जा ५ प्रतिशत माथि

अहिले नै ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ भने अन्य धेरै बैंकको ५ प्रतिशत नजिक पुगेको छ ।बैंकहरुले खराब कर्जामा नियन्त्रण गर्न नसके उनीहरुको आगामी वर्ष लाभांश रोकिन सक्ने देखिएको छ । 

बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेमा केन्द्रीय बैंकले शिघ्र सुधारात्मक कारवाही गर्ने छ । जसले बैंकलाई लाभाशं वितरणमा समेत रोक लाग्ने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा पनि माथि पुगेको छ । तथ्याँक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा सबैभन्दा धेरै ५.८४ प्रतिशत पुगेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत पुगेको छ ।

त्यस्तै, हिमालयन बैंकको पनि खराब कर्जा ४.९८ प्रतिशत छ भने कुमारी बैंकको खराब कर्जा ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत रहेको बैंकहरुको रिर्पोटले देखाएको छ।

यता एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.७७ प्रतिशत छ भने माछापुच्छ्रे बैंकको १.१३ प्रतिशत, सानिमा बैंकको १.३८ प्रतिशत र नबिल बैंकको १.४२ प्रतिशत छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको