Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले गर्यो बीमा दाबी रकम भुक्तानी

अर्थ संसार

सोमबार, ०८ असार २०७७, २० : २४ मा प्रकाशित

बैंक अफ काठमाण्डूले गर्यो बीमा दाबी रकम भुक्तानी

अर्थ संसार, काठमाडौं-बैंक अफ काठमाण्डू लिमिटेड द्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ रु. सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा उपलब्ध गराउर्दै आईरहेको छ ।

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन  नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.ले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आईरहेको छ ।

साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो । उक्त ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

निधनपश्चात् स्व.सुनारका पिता  ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक  रमेश प्याकुरेलज्यूले उक्त बीमा दाबी रकम रु. सात लाखको हस्तान्तरण गर्नुभयो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

5ef0c2e7c0229.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको