Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट एकुमुलेसन फेजमा, डाउन भकै बेलामा किन्ने हो : सुवास चन्द्र ढुङ्गाना

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १६ : ३५ मा प्रकाशित

मार्केट एकुमुलेसन फेजमा, डाउन भकै बेलामा किन्ने हो : सुवास चन्द्र ढुङ्गाना

अर्थ संसारले दैनिक रुपमा एक एक जना सेयर लगानीकर्ता एवमं विश्लेषकको धारणा लिई प्रकाशन गरिरहेको 'सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताले चाल्नुपर्ने कदम' श्रृङ्खला अन्तर्गत आजका लागि हामीले प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानासँग कुराकानी गरेका छौँ ।

सेयर बजारकाे पछिल्लाे अवस्थाकाे बारेमा बाेल्दै उनले भने, "पछिल्लो अवस्था हेर्दाखेरी मार्केट एकुमुलेसन फेजमै देखिन्छ । यो एकुमुलेसन कहिलेसम्म रहन्छ भनेर यकिनका साथ भन्न सकिँदैन । जबसम्म ब्रेक वाउट हुँदैन, तबसम्म चाहीँ हामी वेट एण्ड सी नै हो । यो एकुमुलेसन फेजमा के देखिन्छ भने विगतको मार्केटमा हेर्ने हो भने एउटा एकुमुलेसन रेञ्जमा जुन मार्केट साइडवेजमा चल्छ त्यो पहिला चाहीँ पार्टीसीपेसन पनि कम भको, ट्रेडर पनि हावी नभको हिसाबले त्यो रेञ्ज कम हुन्थ्यो भनेदेखि अहिलेको रेञ्ज चाहीँ अलिकति बढी छ । पहिला मार्केट १०० देखि ३ सय पोइन्टसम्म मार्केट साइडवेजमा गएर एकुमुलेसन रहन्थ्यो । अहिलेको हेर्दाखेरी चाहीँ ट्रेडरहरू पनि हावी हुने पार्टीसीपेसन पनि बढ्ने भको हिसाबले चाहीँ यसको रेञ्ज अलिकति बढी नै छ । त्यो भनेको ३ सयदेखि ५ सय पोइन्टसम्म मैले देखिराछु । त्यो रेञ्जमा चाहीँ मार्केट केही टाइमसम्म खेल्न सक्छ र टेक्नीकल्ली भोलुमका साथ ब्रेक वाउट दियो र माथिल्लो लेभलमै केही टाइम सस्टेन गर्न सक्यो भने चाहीँ एकुमुलेसन फेज सक्कियो र मार्केटले चाहीँ एउटा बियरिस चक्र पछाडी बुलिसको यात्रा सुरू गर्यो भनेर भन्न सकिन्छ ।"

अहिलेको अवस्थामा लगानीकर्ताहरूले चाल्नुपर्ने कदमको बारेमा बोल्दै उनले भने, "सेयर बजार जोखिमको क्षेत्र हो साथै लगानीको लागी एकदमै उपयुक्त क्षेत्र पनि स्टक मार्केट नै हो । जहाँ जोखिम हुन्छ त्यहाँ लगानी गर्नु भन्दा अगाडि चाहीँ हाम्रो अध्ययन र विश्लेषणहरू धेरै नै आवश्यक पर्छ । बजारमा जतिबेला जोखिम भन्दा पनि रिटर्नको सम्भावना बढी देखिन्छ त्यतिबेला नै हामीले लगानी गर्ने हो । अहिलेको लागि रिस्क र रिवार्डलाई हेर्ने हो भने ट्रेडिङका लागि भन्दा पनि लगानीको लागि चाहीँ एकदमै उपयुक्त समय हो । सेयर बजारलाई सधैँ हामीले रिलेटिभ रूपमा हेर्नुपर्छ । यही नै टप हो, यही नै बटम हो भनेर यकिनका साथ भन्न सकिँदैन सबैकुरा रिलेटिभ हुन्छ । बजार बढ्दा र घट्दा एक्ज्याक्ट पोइन्ट तोकेर हामीले कहिले पनि भन्न सक्दैनौँ आँकलन गर्ने मात्र हो । आँकलन गर्ने आधारहरू हुन्छन् । मार्केट मात्र होइन सबैकुरा हामीले डाउन भकै बेलामा किन्ने हो । अर्थतन्त्रदेखि लिएर पोलिटिकल अवस्थादेखि लिएर सबैकुरा डाउन भकै बेलामा हामीलाई बाईङ अपरच्युनिटी आउँछ । अहिले बाह्य परिस्थितीहरूमा सुधार आएको छ र आन्तरिक अवस्थाहरूमा पनि सुधार आयो भने बजारले एउटा राम्रो लय समात्न सक्छ । बजारले लय समातीसकेपछि मात्र ट्रेडिङको लागि अवसर आउँछ जस्तो लाग्छ अहिले इन्भेष्टको लागि अवसर छ ।"

उनले थपे, "केही समय अगाडि राष्ट्र बैंकले अर्थतन्त्र जटिल अवस्थामा भएको बेलामा मौद्रिक नीतिमार्फत् कसिलो नीति लिएको थियो । त्यो नीति लिँदा पनि राष्ट्र बैंकले बिस्तार बिस्तार नै टाइट गर्दै गएको थियो । एकैचोटीमा टाइट गरेको थिएन । अब अहिले चाहीँ परिस्थिती अलिकति सहज हुँदै गएको भन्ने राष्ट्र बैंकको प्रक्षेपण छ । त्यो हिसाबले राष्ट्र बैंकले जसरी पहिला मार्केट ३२ सयमा हुँदा कसिलो नीति लेरायो त्यसरी नै अब राष्ट्र बैंकले एकपछि अर्को गर्दै खुकुलो नीति लेराउँछ । त्यसले गर्दा पनि मार्केटलाई पोजेटिभ हुन्छ । तरलतालाई नै हेरेर राष्ट्र बैंकले नीति लेराउने हो, तरलता अलिकति सहज हुँदै जान्छ, ब्याजदर पनि कम हुँदै जान्छ त्यसले गर्दा मार्केटमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।"

यसअघि यही शृङ्खलामा अन्य लगानीकर्ताहरूसँग गरिएकाे कुराकानी पढ्न तलका लिङ्कहरू थिच्नुहाेस् :

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ : दिपेन्द्र अग्रवाल

बजार बटममा छ, लगानी गर्नु एकदमै उपयुक्त : रोहन कार्की

स्ट्रङ बाउन्स ब्याक कुर्दै बजार, स्थिर नभई नयाँ लगानी नथप्दा उपयुक्त : दुर्गा तिवारी

बढ्ने चान्स हाई छ, अहिले नकिने कहिले किन्ने : शिव चन्द्र

बियरिस चरणको अन्तिम करेक्सन, सकेसम्म सेयर किनौँ : अजय सिंह थापा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको