Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको ऋणपत्र बिकेन

अर्थ संसार

मंगलबार, २७ फागुन २०७६, ०८ : १० मा प्रकाशित

सिटिजन्स बैंकको ऋणपत्र बिकेन

अर्थ संसार, काठमाडौं- सिटिजन्स बैंकको ऋणपत्र पहिलो चरणमा पूर्ण बिक्री नभएपछि समय अवधि थप गरेको छ । बैंकले चैत ४ गतेसम्म ऋणपत्र भर्न मिति थप गरेको हो ।

तर, ४ चैतभन्दा अघि नै मागभन्दा बढी आवेदन परेमा भने सूचना दिएर बन्द गरिने बैंकले जनाएको छ । बैंकले २० फागुनदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

यसमध्ये १० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १५ लाख इकाइ भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।

यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ ब्याज दिनेछ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बै ंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो ।

बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्ने छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बिबिबी प्लस’ रेटिङ दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको