Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले ल्यायो इलेक्ट्रोनिक सामान खरिदमा गर्दा 0 % ब्याजदरको किस्ताबन्दी योजना

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, १६ : २३ मा प्रकाशित

बैंक अफ काठमाण्डूले ल्यायो इलेक्ट्रोनिक सामान खरिदमा गर्दा 0 % ब्याजदरको किस्ताबन्दी योजना

अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ ।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल,Music System, लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।

CG सोरुमहरु 

कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर

LG सोरुमहरु 

मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर 

यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहक महानुभावहरुले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको